बिहिबार, १० मंसिर २०८३
Advertisement
अन्य

बेलौरीमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तीनदिने तालिम सम्पन्न

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email
oplus_6291456 · तस्बिर: निरज ओझा

बेलौरीमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तीनदिने तालिम सम्पन्न

 

बेलौरी, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ।

 

तालिममा कञ्चनपुर जिल्लाका सातवटा स्थानीय तहका २१ जना सहभागी भएका थिए। बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, दोधारा चाँदनी नगरपालिका तथा लालझाडी गाउँपालिकाका सहभागीलाई काठमाडौं महानगरपालिकाका वरिष्ठ अग्नि नियन्त्रक तथा उद्धार प्रशिक्षक किशोरकुमार भट्टराईले प्रशिक्षण दिनुभएको थियो।

 

तालिममा आगलागी नियन्त्रण, विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धारका विधि तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षणसँगै प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो।

 

समापन कार्यक्रममा प्रशिक्षक भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका सभापति ओमप्रकाश उपाध्यायले तालिमले स्थानीय तहको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

 

तालिमबाट प्राप्त ज्ञान र सीपले आगलागी तथा अन्य विपद्का घटनामा तत्काल उद्धार र नियन्त्रण कार्य सञ्चालन गर्न दक्ष जनशक्ति तयार हुने अपेक्षा गरिएको छ।

 

कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेले गर्नुभएको थियो।

Niraj Ojha
समाचारदाता / लेखक

Niraj Ojha

8प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.