कंचनपुर । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार मृतकको परिचय खुल्न सकेको छैन।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






