बेलौरीमा रास्वपाको ‘हामी आउँदै छौँ अभियान’ कार्यक्रम सम्पन्न
बेलौरी, कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर समितिको आयोजनामा बेलौरी बजारस्थित प्रेम होटल एण्ड टेन्ट हाउसमा ‘हामी आउँदै छौँ अभियान’ विशेष राजनीतिक तथा सांगठनिक कार्यक्रम सम्पन्न भएको छ।
चेतनाथ दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिनिधिसभा सांसद हरिमोहन भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, प्रदेश सह-महामन्त्री पारस बाहुन, क्षेत्रीय सभापति वीरेन्द्र शाही (बिरु), जिल्ला सभापति पदम विष्टलगायत पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा अभियानसम्बन्धी राजनीतिक तथा सांगठनिक गतिविधि अघि बढाइएको थियो।






