बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार, ३ जना पक्राउ

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

नवीन पार्की, २१ साउन, कंचनपुर । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ छ ।

ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।

उनीहरू सिरहाको मिर्चैयाबाट कारमा लागुऔषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए । कार चालक उमेश यादवका साथमा पत्रकारको परिचयपत्र भेटिएको छ ।

लहान–२२ सिरहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचयपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । उनले सो कार हुलास फाइनान्सबाट किसताबन्दीमा निकालेको भेटिएको छ ।

आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ ।

 

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.