बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

३ फागुन, काठमाडौं । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् ।

सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरेको थियो ।

तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो । यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद रापकिशोर यादवसँग छलफल गरेरै सहमति भएको दाबी गरेका छन् ।

बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् ।

‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने ।

अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए ।

‘काठमाडौं बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने ।

सत्ता गठबन्धनको दाबी- बहुमत पुग्ने गरी अध्यादेश पास गर्ने सहमति बन्यो

यद्यपि, जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने अध्यादेशका पक्षमा उभिनेबारे आफूहरूको पार्टीबाट कुनै निर्णय भएको जिकिर गरे ।

‘भूमिसम्बन्धी अध्यादेश त फिर्ता नै गर्नुपर्छ भनेर हामीले राखेको अडान यथावत छ,’ उनले अनलाइनखबसँग भने, ‘अन्य पाँच वटा अध्यादेश पनि प्रतिस्थापन विधेयकमार्फत् संशोधन हुनुपर्छ ।’

उपेन्द्र नेतृत्वको जसपा नेपाल बाहेक सत्ता गठबनध्नका सबै दलहरू बैठकमा सहभागी भएको लेखकले बताए ।

‘सरकारमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो । सहमति भएको छ । सहमति अनुसार नै अघि बढ्छौं,’ उनले भने ।

प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ भने राष्ट्रिय सभा बैठक ६ गते बस्दैछ ।

‘प्रतिस्थापन हुन्छ । हामी सहमति गरेर जान्छौं । सबै अध्यादेशलाई भोलि प्रतिस्थापन गर्नैपर्छ । सहमति भएका अध्यादेश अघि बढ्छन्,’ लेखकले भने, ‘भूमिसम्बन्धीमा प्रतिस्थापन गर्दा आपसमा छलफल गरेर सबैका भावना समेटेर अघि बढ्छौं ।’

लेखकले अघि थपे, ‘राष्ट्रिय सभा ६ गते छ । सम्भवतः सोही दिन प्रस्तुत हुन्छ होला ।’

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.