बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

१० साउन, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् ।

आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुन: सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए ।

 

एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको बताए ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.