बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

११ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेकी हुन् ।

 

वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि महाअभियोग लगाउनुपर्ने उनको तर्क थियो ।

‘हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको सवालमा विशेष अदालतले प्रश्न उठाएको छ । निर्णय गर्दाका बखत अन्य सदस्यलाई मुद्दा अभियोजन गरिएको तर राईमाथि अभियोजन नगरी चयनमुखी दृष्टिकोण अपनाइएकोप्रति विशेष अदालतले आपत्ति जनाएको छ,’ उनले भनिन्, ‘कि प्रमुख आयुक्त आफैं बोल्नुपर्‍यो, हैन भने सरकार बोल्नुपर्‍यो । कोही बोल्दैन भने संसद् त बोल्नुपर्‍यो । र महाअभियोग लगाउनुपर्‍यो ।’

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

साथै, उनले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरिन् ।

राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको उनले बताइन् ।

‘राज्यका प्रमुख अंगहरूप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ,’ उनले भने, ‘सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन ।’

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.