बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई हटाए

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

पार्टी आचारसंहिता र अनुशासनविपरीत काम गरेको पाइएपछि पार्टीले मन्त्री शाहलाई हटाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाएका छन् । रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई हटाएको हुन् ।

पार्टी आचारसंहिता र अनुशासनविपरीत काम गरेको पाइएपछि पार्टीले मन्त्री शाहलाई हटाउन सिफारिस गरेको हो । त्यसपछि मन्त्री साहलाई हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सिफारिस गरेका हुन् ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.