बुधबार, ११ कात्तिक २०८३
Advertisement
शिक्षा

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

१५ वैशाख, कंचनपुर । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ ।

सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।

‘आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’

यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् ।

शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन पनि सरकारले भनेको छ ।

विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.