बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

राष्ट्रका नाममा प्रधानमन्त्रीको पहिलो सम्बोधन, धैर्य र संयम अपनाउन अपिल

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

नवीन पार्की, १४ साउन कंचनपुर, | प्रधानमन्त्री वालेन्द्र शाहले धैर्य र संयम अपनाएर शान्ति तथा सद्‍भाव कायम गर्न अपिल गर्नुभएको छ ।

आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा राज्य थप सतर्क र सम्वेदनशील रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । सुनसरी, धनुषा, सिरहालगायतका जिल्लामा तनाव फैलँदा पनि सरकारका तर्फबाट केही सम्बोधन नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले आज पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्रीले सुनसरीको देवानगन्ज, सिरहालगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न छानबिन समिति बनाइसकिएको र दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउने प्रतिबद्धतासमेत जनाउनुभयो । अवस्था थप नबिग्रियोस् भनेर सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति सुरक्षा थप सुदृढ पार्न गृहमन्त्री घटनास्थल पुगिसकेको पनि बताउनुभयो ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.