बुधबार, ११ कात्तिक २०८३
Advertisement
राजनिति

प्रतिनिधिसभाको बैठक आज बस्दै, ४ विधेयक प्रस्तुत हुने

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कञ्चनपुर, साउन २२ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न पाँच वटा विधेयक तथा एक समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ तथा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको बैठक पनि बस्नेछ। तीनै समितिले आ–आफ्ना विषयमा छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.