बुधबार, ११ कात्तिक २०८३
Advertisement
समाचार

नेपाललाई तेस्रो पटक राहत सामग्री पठाउँदै चीन

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

चीनले नेपालको आवश्यकताका आधारमा तेस्रो खेपमा आपत्कालीन राहत सामग्री पठाउने तयारी गरिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बुधबार नियमित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन् । उनका अनुसार चीनले पठाएको दोस्रो खेपको आपतकालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो । सोही उडानबाट पाँच जना डीएनए पहिचान विज्ञ पनि नेपाल आएको अनि यिनीहरूले बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी काममा नेपाली पक्षलाई सहयोग गर्ने उनले बताए ।

अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी भत्किँदा आएको भीषण पहिरोले नेपाल र चीनको सीमावर्ती क्षेत्र प्रभावित भएको थियो ।  घटनामा ११ सय भन्दा धेरैको मृत्यु भइसकेको छ भने झन्डै चार हजार जना बेपत्ता छन् । चीनले अब पठाउन लागेको तेस्रो खेपको राहत सामग्रीमा बेली ब्रिज, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत रहने कुओले बताए । नेपालको आवश्यकताअनुसार थप डीएनए पहिचान विज्ञको टोली पठाउन पनि चीन तयार रहेको उनले बताए ।

नेपालमा रहेका आफ्ना नागरिक र संस्थाको सुरक्षालाई चीनले उच्च प्राथमिकता दिएको कुओले बताए । बेपत्ता चिनियाँ नागरिकको खोजीका लागि चिनियाँ र नेपाली पक्ष मिलेर काम गरिरहेको उनको भनाइ छ । कुओका अनुसार विपद् प्रभावित नेपाली क्षेत्रमा अझै करिब १०० चिनियाँ नागरिकको अवस्था अज्ञात छ। चिनियाँ नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा सहयोग गरेकोमा चीनले नेपालप्रति आभार व्यक्त गरेको छ

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.