बुधबार, ११ कात्तिक २०८३
Advertisement
खेलकुद

टी-२० आई वरीयता : आसिफको सुधार, दीपेन्द्र, सोमपाल र रोहितको खस्कियो

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

२०८१ असार २६ गते १५:३२

टी-२० आई वरीयता : आसिफको सुधार, दीपेन्द्र, सोमपाल र रोहितको खस्कियो

२६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ । टी–२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औं स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुबै खेलाडीको अंक समान ४३१ छ ।

टी–२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औं र दीपेन्द्रसिंह ऐरी ४६ औं स्थानमा यथावत छन् । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौं स्थानमा छन् । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्यान्डका फिलिप साल्ट तेस्रो स्थानमा छन् ।

बलिङतर्फ टी–२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाएका छन् । दीपेन्द्र ३ स्थान तल झर्दै १००औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी दुई स्थान तल झरेका छन् । सोमपाल ९४औं स्थानमा पुगेका छन् ।

टी–२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३६औं, गुलशन झा ६९औं, कुशल भुर्तेल ७१औं र करण केसी७५ औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान तल झर्दै ५५ औं स्थानमा पुगेका छन् ।

उता ओडीआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लो पटक २ जुलाईमा भएको अपडेट अनुसार नेपाल १७औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १८औं, अमेरिका १९ औं र युएई २०औं स्थानमा छन् । नामिविया १६औं र क्यानडा दुई स्थान सुधारका साथ १५औं स्थानमा छ ।

टी-२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेट अनुसार नेपाल १७औं स्थानमा यथावत्‌ छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.