बुधबार, ११ कात्तिक २०८३
Advertisement
Blog

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । गएको पुस २५ गतेदेखि प्रदर्शन भइरहेको नाटक ‘महासत्व’ अझै मञ्चनकै क्रममा छ । सांस्कृतिक तथा पौराणिक कथावस्तुमा तयार पारिएको नाटक ‘महासत्त्व’ कौशी थिएटरमा मञ्चन भइरहेको हो । जुन नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ ।

टेकुस्थित कौशी थिएटरमा वज्र कला कुञ्जले मञ्चन गरेको नाटक विशेषत नमो बुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित छ ।

उक्त नाटकम तत्कालीन पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागि अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरुको भेट हुन्छ। शिकार गर्न नसक्ने अवस्थामा आफ्ना ५ वटा डमरूसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन्।

यसरी महादान दिएका राजकुमारको त्यही मृत्यु हुन्छ र कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन्। उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमोस्बुद्धको नामले प्रसिद्ध हुन्छ। यसै विषयलाई उक्त नाटकमा विशेष रुपमा समेटिएको छ। यो नाटक माघ ५ गतेसम्म मञ्चन हुने जनाइएको छ ।

नाटकमा कलाकारहरु सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय देख्न सकिन्छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.