बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौँ — नेपाल युवा परिषदका संस्थापक अध्यक्ष तथा युवा अभियन्ता सरोज बानियाँ सन् २०२४ को ‘नेशनल सोसल वेलफेयर अवार्ड’ बाट सम्मानित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक  कार्यक्रमबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरेकी हुन् ।

आयोजकका अनुसार विभिन्न कार्यक्रम तथा तालिममार्फत सशक्तिकरण गर्दै युवालाई नेतृत्वदायी भूमिकामा ल्याउन पुर्‍याएको योगदानको कदर गर्दै बानियाँलाई सम्मान गरिएको हो । डेढ दशकदेखि युवा सशक्तिकरणमा सक्रिय बानियाँको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ ।

त्यस्तै, उनको अगुवाईमा हरेक प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी युवाहरूलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बाली र कृषि तथा जैविक विविधता संरक्षणमा युवाको भूमिका, सूचना प्रविधि लगायतका बिषयहरूमा विभिन्न क्रियाकलपामा संलग्न गराउँदै आइरहेका छन् ।

बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एसियाली राष्ट्रहरू सम्मेलित एसियन युवा सम्मेलन समेत सम्पन्न भइसकेका छन् । बानियाँसँगै सिजन मिडिया प्रालिले विभिन्न विधामा गरी १८ व्यक्ति तथा संस्थालाई ५ औँ संस्करणको नेसनल सोसल वेयलफेयर अवार्ड प्रदान गरेको छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.