बुधबार, ११ कात्तिक २०८३
Advertisement
प्रविधि

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । पारदर्शी फोनको रूपमा छुट्टै पहिचान बनाएको नथिङ ब्रान्डले नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । स्पेनको बार्सिलोनामा आयोजना हुने वर्ल्ड मोबाइल कङ्ग्रेस २०२५ का क्रममा कम्पनीले बहु प्रतिक्षित फोन थ्री ए सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले यो सिरिज दुई ओटा मोडेलमा ल्याउन लागेको बताइएको छ । रिपोर्टका अनुसार बेस मोडेललाई फोन थ्री ए र प्रिमियम मोडेललाई थ्री ए प्रो नाम दिइएको छ ।

नथिङका संस्थापक कार्ल पेई आफ्नो ब्रान्डलाई भारतमा स्थापित गर्न लागि परेका छन् । त्यसैले विश्व बजारसँगै यो फोन भारतमा पनि त्यही दिन सार्वजनिक हुने बताइएको छ ।

फोन थ्री एमा पारदर्शी ब्याक प्यानल, एलईडी डिजाइन र बक्स आकारको फ्रेम हुने अपेक्षा गरिएको छ । बाहिरिएका विवरणलाई आधार मान्ने हो भने यसमा आईफोनको जस्तो कस्टमाइजेबल बटन हुनेछ । प्रयोगकर्ताले उक्त बटनमा आफ्नो आवश्यकता अनुसारको फिचर राख्न सक्नेछन् ।

त्यस्तै फोनमा छुट्‍टै क्यामेरा बटन पनि हुने बताइएको छ । यसमा १२० हर्ज रिफ्रेश रेटको ६.८ इन्च आकारको एफएचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । नथिङ थ्री ए ब्ल्याक एन्ड ह्वाइट कलरमा उपलब्ध हुनेछ भने प्रो मोडेल ग्रे एन्ड ब्ल्याक कलर भेरियन्टमा पनि आउनेछ ।

यसमा स्नापड्रागन सेभेन एस जेन थ्री चिपसेट हुने अपेक्षा गरिएको थियो । थ्री ए मोडेल स्टोरेजका सन्दर्भमा ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यता प्रो मोडेल भने १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने जनाइएको छ । यो फोन एन्ड्रोइड १५ र नथिङ ओएस ३.० मा चल्ने जनाइएको छ ।

यसको पछाडिपट्टि तेर्सो डिजाइनमा तीन ओटा क्यामेरा हुने भनिएको छ । तर, क्यामेरा कति मेगापिक्सेलको हुन्छ भन्ने खुलाइएको छैन । त्यस्तै सेल्फी क्यामेराको विवरण पनि हालसम्म बाहिर आइसकेको छैन ।

ब्याट्रीको कुरा गर्नुपर्दा यो फोनमा ४,२०० एमएएच क्षमताको ब्याट्री हुने चर्चा छ । चार्जिङका सन्दर्भमा भने यसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ । नथिङ थ्री एको मूल्य भारतीय बजारमा २४ हजारदेखि २६ हजार भारुसम्म हुने र थ्री ए प्रोको मूल्य २८ हजारदेखि ३० हजार भारुसम्म पर्ने आँकलन गरिएको छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.