बुधबार, ११ कात्तिक २०८३
Advertisement
प्रविधि

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । नेपालको सबैभन्दा ठुलो डेटा सेन्टर ‘डेटा वर्ल्ड’को भौतिक निर्माण कार्य सम्पन्न भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौं चन्द्रागिरिको फेदमा रहेको मातातीर्थ सबस्टेसन नजिकै देशको सबैभन्दा ठुलो डेटा सेन्टर तयार पारेको हो ।

कम्पनीका अनुसार यो अत्याधुनिक डेटा सेन्टर ३.५ मेगावाटको आईटी पावर क्षमता र ५२० ‍र्‍याकले सजिएको छ । यसले नेपालको डिजिटल पूर्वाधारलाई बलियो बनाउन र देशव्यापी रूपमा डेटा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीले राखेको छ ।

यो डेटा सेन्टर नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसन नजिकै भएकाले विद्युत् आपूर्ति र नेटवर्क कनेक्टिभिटीमा कुनै समस्या नहुनेमा कम्पनी विश्वस्त छ । वर्ल्डलिंकले प्रत्येक प्रदेश तथा जनघनत्व बढी भएका देशका प्रमुख स्थानमा एक-एक ओटा एज डेटा सेन्टर समेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले व्यवसायलाई वितरित क्षमता, छनोट र उत्कृष्ट कनेक्टिभिटी दिने कम्पनीले जनाएको छ ।

भूकम्प प्रतिरोधी क्षमता भएको यो डेटा सेन्टर उच्च सुरक्षा, क्यारियर न्युट्रल र क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) वर्कलोडका लागि उपयुक्त हुने किसिमले डिजाइन गरिएको दाबी छ । यसले नेपाली व्यवसायी खासगरी टेलिकल, इन्टरनेट सेवा प्रदायक र अन्य व्यवसायका लागि डेटा स्टोरेज तथा सञ्चारमा सहजता ल्याउने कम्पनीको अपेक्षा छ ।

वर्ल्डलिंकले यस डेटा सेन्टरलाई नेपालकै पहिलो टियर ३ र एज प्रमाणित हरित सुविधा युक्त भएको दाबी गरेको छ । यो डिजिटल नेपालको भविष्य र समग्र डिजिटल इकोसिस्टमका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसले नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न मद्‍दत गर्ने कम्पनीको विश्वास छ । यो डेटा सेन्टर अबको चार महिनामा सञ्चालनमा आउने बताइएको छ ।

 

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.