बुधबार, ११ कात्तिक २०८३
Advertisement
मनोरञ्जन

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी भ्यूज मिलेको छ ।

युट्युबले ट्रेन्डिङको अफिसियल पृष्ठ हटाएपनि ‘युट्युब चार्ट’मा भने ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशको ट्रेन्डिङमा समेत परेको छ । ‘युट्युब चार्ट’को युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ ।

 

मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ । २० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ । अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ ।

 

साउन २३ गतेबाट रिलिजमा आउने यो फिल्मले देउकी प्रथाको कथा भन्छ । फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रील समावेश छ । साथै, फिल्मले दर्शकलाई भावनामा बगाउने समेत देखिन्छ ।

सामाजिक संजाल टिकटकमा पनि फिल्मको ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्सअफिसमा फिल्मले सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.