बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

१२ साउन, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको छ । पछिल्लो १२ घण्टामा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ ।

सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पनि पर्याप्त पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।

आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ । तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ ।

गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ । त्यहाँ १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

भक्तपुरमा १८ मिलिमिटर वर्षा भएको छ । ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.