बुधबार, ११ कात्तिक २०८३
Advertisement
समाचार

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कंचनपुर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘जनसम्पर्क तथा अभिवादन अभियान’ का लागि आज सुदूरपश्चिम भ्रमणमा छन् ।

नेता शाहले आज एकैदिन कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार अभियानको सुरुवात आज बिहान ७ बजे कैलालीको राजापुरबाट हुनेछ । त्यहाँ स्वागत तथा अभिवादन कार्यक्रम सकिएपछि उनी टिकापुर प्रस्थान गर्ने छन् ।

बिहान ८ देखि ९ बजेसम्म टिकापुर बजारस्थित घन्टाघर र कुमारी बैंक नजिकै विशेष कार्यक्रम आयोजना गरिएको छ ।

त्यसपश्चात नेता बालेन लम्की बजार, लम्की–बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरीया र चौमाला हुँदै अत्तरिया पुग्ने कार्यक्रम छ।

अत्तरियाको घन्टाघरमा दिउँसो १ बजे खाजा तथा संक्षिप्त भेटघाट कार्यक्रम तय गरिएको छ । दिउँसो २:३० देखि ३:३० सम्म धनगढी बजारमा स्वागत तथा अभिवादन कार्यक्रम हुनेछ ।

कञ्चनपुरको तालिका

कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३:३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।

साँझ ६:१० देखि ७:०० बजेसम्म महेन्द्रनगर बजारको घन्टाघर वा मदन चोकमा अन्तिम स्वागत कार्यक्रम राखिएको छ ।

दिनभरिको व्यस्त तालिकापछि उनी आज राति कञ्चनपुरमै रात्रि विश्राम गर्ने आयोजकले जनाएको छ । यस अभियानलाई रास्वपाले संगठन विस्तार र जनताको सुझाव संकलन गर्ने महत्वपूर्ण कडीका रूपमा हेरेको छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.