बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

स्कुल भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालक र पछाडि सवार घाइते

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कञ्चनपुर, साउन १। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा शुक्रबार दिउँसो स्कुल भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा  दुई जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १ बजे धनगढीबाट पुनर्वासतर्फ विद्यार्थी लिएर आउँदै गरेको बा.प्र. ०१–०३४ च ४७६७ नम्बरको ग्ली एकेडेमी (धनगढी–४) को स्कुल भ्यान ले पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३९३ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो।

प्रत्यक्षदर्शीका अनुसार स्कुल भ्यानले आफ्नो लेन छाडेर विपरीत दिशामा पुगेपछि मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन्। दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षीय बसन्त भट्टराई र मोटरसाइकलको पछाडि सवार पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी २२–२३ वर्षीय प्रदीप कार्की घाइते भएका छन्।

घाइते भट्टराई र कार्की लाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी पठाइएको छ।

दुर्घटनामा संलग्न स्कुल भ्यानका चालक धनगढी उपमहानगरपालिका–११ निवासी २१ वर्षीय मिलन चौधरी (बुवा: महावीर चौधरी) रहेको खुलेको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.