बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएर हराएका महिलाहरूको सकुशल उद्धार, सबै सम्पर्कमा

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कंचनपुर ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर सम्पर्कविहीन भएका महिलाहरू अन्ततः सकुशल सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरू सुरक्षा निकायको व्यापक खोजीपछि परिवारको सम्पर्कमा आएका हुन्।

उनीहरू गत आइतबारदेखि निकुञ्जभित्र सम्पर्क बाहिर रहेका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै सुरक्षा संयन्त्र परिचालन गरी निकुञ्जभित्र खोजीकार्य तीव्र पारिएपछि ती महिलाहरू परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको सेनाले जनाएको छ।

यसैगरी, आइतबार साँझदेखि निकुञ्जभित्रै हराइरहेका बेल्डाँडी गाउँपालिका-२ का तीन जना महिलालाई भने नेपाली सेनाका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले निकुञ्जभित्रबाट उद्धार गरेको छ। सोमबार बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाका तीनवटा फरक-फरक समूह सम्पर्कविहीन भएपछि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको टोली संयुक्त रूपमा खोजीकार्यमा जुटेको थियो।

 

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.