बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, गाडीभित्रै डढेर चालकको मृत्यु

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कंचनपुर साउन ५ । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा ५ च ३०३८ नम्बरको गुडिरहेको निजी कारमा अचानक आगलागी भएको हो । मृतक चालकको सनाखत हुन सकेको छैन । सिट बेल्ट बाँधेको अवस्थामै उनलाई मृत फेला पारिएको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाउँदा उनको गाडीभित्रै मृत्यु भएको बताए ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । आगो निभाउने काम भइरहँदा घटनास्थलमा दमकल समेत पुगेको थियो ।

गाडीमा कसरी आगो लाग्यो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.