बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्य

विद्यालय बस दुर्घटना, पाँच बालबालिकासहित ६ जना घाइते

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

नवीन पार्की, १९ साउन, कंचनपुर । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच बालबालिकासहित ६ जना घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएका छन्।

प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि गौशालास्थित बीके अस्पताल तथा स्थानीय मेडिकलमा पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन्।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.