बुधबार, ११ कात्तिक २०८३
Advertisement
समाचार

उपभोक्ताले ३५० रुपैयाँको सामान किने, १० लाख रुपैयाँ जिते

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email
  • करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।
  • यस पटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ हात पारेका छन्।
  • साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्।

कंचनपुर | करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।

सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गरिएको हो ।

यस पटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल  सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ हात पारेका छन्।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिएकाे हाे ।

जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका हुन्।

उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका हुन्।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.