बुधबार, ११ कात्तिक २०८३
Advertisement
मनोरञ्जन

सामाजिक सञ्जालमा सिसनको प्रेम चर्चा

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

काठमाडौं । बुधबार बिहानदेखि इन्टरनेटमा एउटा रोमान्टिक तस्वीर भाइरल भइरहेको छ । जुन फोटोमा चर्चित भ्लगर सिसन बानियाँ एक युवतीसँग अन्तरंग देखिएका छन् । सामाजिक सञ्जालका पृष्ठदेखि फ्यानले यी तस्वीरलाई सेयर गर्दै लामो समयपछि सिसन रमाइरहेको भन्दै खुसी जनाइरहेका छन् । यो फोटो अमेरिकाको रहेको जनाइएको छ ।

तर सिसन स्वयंले भने यो फोटो सेयर गरेका होइनन् । फेसबुकमा व्यापक सेयर भइरहेको यो फोटोमा धेरैले ती युवती र सिसन सम्बन्धमा रहेको हुनसक्ने अड्कल काट्दै सुखद् सम्बन्धको बधाई दिइरहेका छन् ।

सार्वजनिक तस्वीरमा सिसन र ती युवती निकै रोमान्टिक मुद्रामा छन् । सिसनले युवतीलाई उचाल्दै रमाएको देख्न सकिन्छ । यो दृश्य समुन्द्री किनारको हो भन्ने बुझ्न कठिन पर्दैन ।

सिसनले केही नभनेकाले ती युवतीसँग उनको सम्बन्ध के हो भने खुल्न सकेको छैन । यद्यपि, यी दुई एकअर्कामा कम्फर्टेबल देखिएको स्पष्ट छ । थुप्रै युवतीको रोजाइमा पर्ने सिसन पछिल्लो समय चर्चित भ्लगर हुन् । यसअघि उनको नाम पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग जोडिएको थियो ।

सार्वजनिक तस्वीरको कमेन्टमा सिसनलाई शुभकामना र बधाई दिनेको ओइरो छ । यद्यपि, सिसन स्वयंले चाहिं यसबारे केही बताएका छैनन् ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.