• कंचनपुर / फागुन २७
काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ ।

सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उनले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताए ।

सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताउँदै उनले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको जानकारी दिए ।
मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताउँदै उनले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हेर्ने गरिएको जिकिर गरे ।







