बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्तर्राष्ट्रिय

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

१२ साउन, काठमाडौं । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।

आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो ।

सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ । अरुको मृत्यु भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

धेरैजसो मृतक युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू हुन् । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।

घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिएको भए तापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको छ ।

केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।

यस आक्रमणको जिम्मेवारी लिने पक्षको औपचारिक पुष्टि नभए तापनि, स्थानीय प्रशासनले यसलाई लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न रहेको एक सशस्त्र समूहसँग जोडिएको अनुमान गरेको छ । यो आक्रमणमा ‘एलिड डेमोक्रेटिक फोर्सको’ हात रहेको आशंका छ ।

यस घटनाले स्थानीय वासिन्दाहरूमा पुनः त्रास फैलिएको छ । मानव अधिकार समूहहरूले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.