बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्तर्राष्ट्रिय

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

११ साउन, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना टरेको छ । मिउामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो ।

स्थानीय समय अनुसार दिउँसो २:४५ बजे (नेपाली समयानुसार राति २:३० बजे) घटना भएको हो। विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७-८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।

अमेरिकन एयरलाइन्सले टायरमा खराबी रहेकोले विमानलाई सेवा बाहिर राखिएको छ। आगो निभाइसकिएको र मियामी गन्तव्यका यात्रुका लागि नयाँ विमान पठाइएको जानकारी दिएको छ ।

यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडानहरू प्रभावित भएका थिए ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.