बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्तर्राष्ट्रिय

इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

कंचनपुर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालसँग श्रम सहकार्यलाई अझ विस्तार गर्न इजरायल इच्छुक रहेको बताएका छन्।

पोखरा भ्रमणका क्रममा सरकारी प्रतिनिधि, व्यवसायी, पर्यटनकर्मी तथा सञ्चारकर्मीसँगको भेटघाटमा उनले नेपाल–इजरायल सम्बन्ध पर्यटन, कृषि, श्रम, शिक्षा, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरे।

राजदूत बासले नेपाली कामदारको सुरक्षा र अवसर विस्तारका लागि थप श्रम सहकार्यसम्बन्धी समझदारी अघि बढिरहेको जानकारी दिए। साथै, कृषि र केयरगिभर लगायतका क्षेत्रमा नेपाली जनशक्तिका लागि थप रोजगारीको सम्भावना रहेको बताए।

उनले इजरायल भ्रमण गर्ने पर्यटकको संख्या बढाउन प्रत्यक्ष हवाई सम्पर्क तथा पर्यटन प्रवर्द्धन आवश्यक रहेको धारणा पनि राखे। साथै, अनुसन्धान, प्रविधि र नवप्रवर्तनमा लगानी बढाउन नेपाललाई सुझाव दिएका छन्।

इजरायल र नेपालबीच श्रम, कृषि, पर्यटन तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै देशबीच निरन्तर छलफल भइरहेको जनाइएको छ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.