बुधबार, ११ कात्तिक २०८३
Advertisement
अन्तर्राष्ट्रिय

विद्यालयभित्र ३२ सेकेन्डमै ३४ पटक छु`रा घोपेर शिक्षिकाको ह*त्या

साझा गर्नुहोस्
Facebook X WhatsApp Telegram Email

भारतको हरियाणा राज्यको फरीदाबादस्थित एक निजी विद्यालयमा एक महिला शिक्षिकाको दिनदहाडै हत्या गरिएको घटनाले सनसनी मच्चाएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीबाट केही मिटरको दूरीमै उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा एक युवक केही समयदेखि विद्यालय परिसरभित्र पर्खिरहेको देखिन्छ। शिक्षिका सन्ध्या बाहिर निस्किएलगत्तै ती युवकले उनलाई समातेर घिसार्दै बाहिर ल्याउँछन् र धारिलो हतियारले लगातार आक्रमण गर्छन्। फुटेजअनुसार करिब ३२ सेकेन्डको अवधिमा उनले ३४ पटकसम्म छुरा प्रहार गरेको देखिएको छ।

सन्ध्याको चिच्याहट सुनेपछि विद्यालयका प्रशासक तथा कर्मचारी घटनास्थलमा पुगेर उनलाई बचाउने प्रयास गर्छन्। तर आक्रमणकारीले उनीहरूमाथि पनि आक्रमण गर्न खोजेपछि उनीहरू पछि हट्न बाध्य हुन्छन्। त्यसपछि युवक घटनास्थलबाट फरार भएको बताइएको छ।

घटनापछि प्रहरीले हत्या मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा फरार अभियुक्तको पहिचान गरी पक्राउ गर्न खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

Samaya Sandesh
समाचारदाता / लेखक

Samaya Sandesh

106प्रकाशित समाचार
पाठक प्रतिक्रिया

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

0 प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।

बेलौरी मिडिया हब

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : निरज ओझा

सम्पादक: निकेस भट्ट

अतिथि सम्पादक:

संरक्षक:

हाम्रो बारेमा

सूचना तथा प्रशारण विभाग दर्ता नं: ५५३४ - २०८३/८४

स्थाइ लेखा नं: 623704987

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ४०१२३८/८३/८४

प्रेश काउंसिल नेपाल दर्ता नं:

© 2026 Samaya Sandesh. All rights reserved.